• २०८१ बैशाख १५ शनिबार

बालेनको अदालतलाई कटाक्ष- नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पाटन उच्च अदालतले टुकुचा खोलाको विषयमा बुधबार दिएको अल्पकालीन अन्तरिम आदेशप्रति व्यग्य गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै बालेनले अदालतले टुकुचा ( इछुमती ) नदिलाई खोला भन्न सक्दैन भने, नेपाललाई कसरी नेपाल देश  भनेर प्रमाणित गर्नु हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्-   

फेरि पनि नदिमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ, अदालतले टुकुचा( इछुमती ) नदिलाई खोला भन्न सक्दैन भने, नेपाललाई कसरी नेपाल देश  भनेर प्रमाणित गर्नु हुन्छ ?

महानगरले टुकुचाको उत्खनन् शुरु गरेपछि सो क्षेत्रका बासिन्दाले अदालतमा रिट दायर गरेपछि अल्पकालीन अन्तरिम आदेश दिएको छ । त्यस्तै एक रिटमा उच्च अदालत पाटनले बुधबार प्रमाणको मिसिल झिकाउन आदेश दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै