• २०८१ बैशाख १४ शुक्रबार

राजा चार्ल्स तृतीय रिसाएपछि... (भिडियोसहित)

kharibot

काठमाडौँ । नयाँ राजालाई आधिकारिक रूपमा राजा घोषणा गर्ने समारोहमा शाही सहयोगीसँग  ‘रिसाएको’ राजा चार्ल्स तृतीयको  भिडियो इन्टरनेटमा भाइरल भएको छ ।

बिहीबार महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि, एक्सेन्सन काउन्सिलले शनिबार राजा चार्ल्सलाई आधिकारिक उत्तराधिकारी घोषणा गर्यो । यद्यपि, उत्तराधिकारी  घोषणामा हस्ताक्षर गर्नुअघि राजाले कागजातहरूमा आफ्नो नाम लेख्नअघि डेस्क खाली गर्न सहयोगीलाई रिसाउँदै इसारा गरेका थिए ।

क्लिपमा राजा चार्ल्स सानो डेस्कमा पेन बक्स र मसी दुवै भएकोमा निराश देखिन्थे । उनले सहयोगीलाई डेस्क खाली गरेर सामानहरु पुनः व्यवस्थित गर्न  इशारा गरेका थिए । कागजातहरू राखेपछि  राजा चाल्र्सले फेरि एक सहयोगीलाई टेबुलबाट पेन बक्स हटाउन संकेत गरेका थिए । त्यसपछि उनले एतिहासिक दस्तावेजमा हस्ताक्षर गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै