• २०८१ बैशाख १६ आइतबार

व्यासमा सडक बत्ती र लिफ्टिङ खानेपानी महसुलमा ५० प्रतिशत अनुदान

kharibot

तनहुँ । व्यास नगरपालिकाले सडक बत्ती र लिफ्टिङ खानेपानी महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । व्यास नगरपालिकाअन्तर्गत टोल विकास संस्थाबाट सञ्चालित लिफ्टिङ खानेपानी र सडक बत्तीको विद्युत् महसुलमा अनुदान दिने निर्णय भएको हो ।

नगरपालिकाले सम्बन्धित टोल विकास संस्थालाई अनुदान निर्णय गरेको व्यासका सूचना प्रविधिक अधिकृत विशाल पण्डितले जानकारी दिनुभयो । पत्रकार महासङ्घ तनहुँको सिफारिसका आधारमा यसअघि गरिएको पत्रकार स्वास्थ्य बीमालाई निरन्तरता दिने निर्णय पनि भएको छ ।

नगरपालिकाले गत वर्ष प्रतिव्यक्ति रु दश लाख बराबरको बीमा गरिदिएको थियो । नगरपालिकाको मुख्य बजार क्षेत्र वडा नं १, २, ३, ४ का विद्युत् लाइन र दूरसञ्चार सेवा प्रदायक संस्थाका तारलाई भूमिगत गर्न नेपाल विद्युत् प्राधिकरण र सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

आर्थिक ऐन, २०७९÷०८० को व्यवस्थाअनुसार भवन निर्माण कन्सल्टेन्सीमा लाग्ने दस्तुर कार्यान्वयन नगर्ने निर्णय पनि नगरपालिकाले गरेको छ । नगरपालिकाभित्रका शैक्षिक बेरोजगार र वैदेशिक रोजगारबाट फर्किएका युवा व्यवसायीलाई अनुदान दिने प्रक्रिया अघि बढाउने भएको छ ।

व्यास नगरपालिकाभित्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गतका वडामा सुरक्षित आवासअन्तर्गत दुई सय घर थप भएकाले सो घर छनोट प्रक्रिया अघि बढाउने नगरपालिकाले जनाएको छ । हिमालय आँखा अस्पताल पोखरासँग सहकार्य गरी नगरपालिका स्वास्थ्य केन्द्रमा आखा उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै