• २०८१ बैशाख १७ सोमबार

भृकुटीमण्डपमा लागेको मेलामा झण्डै ५० प्रतिशत फर्निचर आयात

kharibot

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आजदेखि आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ मेला २०२२ सुरु भएको छ ।

नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको आयोजनामा आजदेखि यही भदौ २७ गतेसम्म चल्ने एक्स्पोको बिहीबार बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गरेका थिए । मेलामा भारत, बङ्गलादेश, पाकिस्तानलगायतका मुलुकका फर्निचर उत्पादक कम्पनीको सहभागिता छ ।

जेन्सा कार्पेट, हलेसी डेकोर र भिवोन चेयर र युनाइटेड फर्म एण्ड म्योट्रेसले प्रदर्शनीको प्रायोजन गरेका छन् ।

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायतका सामग्री मेलामा रहेको सङ्घका अध्यक्ष शुभेन्द्र जोशीले जानकारी दिए । 

नेपालमा रु ६० अर्ब बराबरको फर्निचरजन्य सामग्रीको वार्षिक कारोबार हुने गरेकामा त्यसको झण्डै ५० प्रतिशत हिस्सा आयातित फर्निचर रहेको बताइन्छ ।

प्रदर्शनीको व्यवस्थापन इभेन्ट सोलुशन प्रालिले गरेको छ । प्रदर्शनीलाई नेपाल चेम्बर अफ कमर्स, नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासङ्घले प्रवद्र्धन गरेका छन् भने नेपाल हस्तकला महासङ्घ, आइडिया नेपाल र स्पेस म्यागेजिनको विभिन्न सहयोग रहेको छ । बदलिँदो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको आन्तरिक सजावटको मागका लागि एक्स्पो उचित गन्तव्य हुने आयोजकको विश्वास छ । पाँच दिनसम्म चल्ने एक्स्पोमा एक लाख अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ ।

सङ्घले सन् २०१२ देखि राजधानीको भृकुटीमण्डपमा बर्सेनि फर्निचर तथा फनिर्सिङ सामग्रीको  मेला आयोजना गर्दै आएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै