• २०८१ बैशाख १६ आइतबार

नयाँ शक्ति छोडेका १५ जना नेता माओवादी केन्द्रमा प्रवेश 

kharibot

तस्विर : रासस

काठमाडौँ ।  नयाँ शक्ति परित्याग गरेका १५ जना केन्द्रीय परिषद् सदस्य र विप्लव नेतृत्वको नेकपाका ३ जना नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 
 

नेता देवेन्द्र पौडेल, परशुराम तामाङ, मुक्ति प्रधान, पासाङ शेर्पा, वामदेव क्षेत्री लगायत नेता मंगलबार काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमका बीच माओवादी प्रवेश गरेका हुन् । 

उनीहरुलाई माओ‌वादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेताले स्वागत गरेका थिए । कार्यक्रममा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा परित्याग गरेका पदम खड्का जीवन नेतृत्वको समूह पनि माओवादी केन्द्रमा प्रवेश गरेको छ । 

माओवादीमा प्रवेश गर्नुअघि देवेन्द्र पौडेल समूहको बृहत् ध्रुविकरण संयोजन समितिले भेला गरेको थियो ।

उक्त समूहले पार्टीको नीति, सिद्धान्त र कार्यदिशाप्रति असन्तुष्टि जनाउँदै फरक समूह बनाएको थियो । त्यसपछि नयाँ शक्तिले पार्टीको हितविपरीत कार्य गरेको भन्दै कारबाही गरेको थियो । 

कार्यकर्ता व्यवस्थापनका माओवादी केन्द्रमा कार्यदल :

केन्द्रदेखि तल्लो तहसम्मका नेता कार्यकर्ताको व्यवस्थापनका लागि केन्द्रदेखि सातवटै प्रदेशहरुमा कार्यदल गठन गरिएको छ ।

केन्द्रमा रामबहादुर थापा बादलको नेतृत्वमा संयोजन कार्यदल बनेको छ । कार्यदलमा देवेन्द्र पौडेल, परशुराम तामाङ, मातृका यादव, बामदेव क्षेत्री, महेन्द्र पासवान, कुमार आले, पासाङ शेर्पा, विश्वभक्त दुलाल र विप्लव निकट नेकपा छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका पदम खड्का ‘जीवन’ छन् ।

यसैगरी प्रदेश नम्बर १ मा गोपाल किराँती, सावित्री काफ्ले, पासाङ शेर्पा र टेकमान राई, प्रदेश नम्बर २ मा विश्वनाथ साह, महेन्द्र पासवान, जुवेद अन्सारी र हरि चौलागाईं, प्रदेश नम्बर ३ मा कुमार पौडेल, हितमान शाक्य, अमरध्वज लामा र झक्कु सुवेदी त्यस्तै प्रदेश नम्बर ४ मा हरि अधिकारी, बलावती शर्मा, देव गुरुङ र भानु अधिकारी तथा प्रदेश नम्बर ५ मा वर्षमान पुन, पूर्ण घर्ती, बामदेव क्षेत्री र सुशीला श्रीपाइली रहेका छन् ।

यस्तै ६ नम्बर प्रदेशका गठित संयोजन कार्यदलमा शक्ति बस्नेत, माया प्रसाद शर्मा, रत्न रानामगर र बलराम पुन तथा सात नम्बर प्रदेशमा लेखराज भट्ट, लक्ष्मण जोशी, ललित ठगुन्ना र रविन्द्र सुनार कार्यदलमा छन् ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै