• २०८१ बैशाख १५ शनिबार

राष्ट्रपति भण्डारीसमक्ष भाषा आयोगको छैटौँ प्रतिवेदन पेश

kharibot

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले आयोगको छैटौँ प्रतिवेदन बुझाएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा उनले भाषा आयोग ऐन, २०७४ बमोजिम सो आयोगबाट आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

कार्यक्रममा आयोगका पदाधिकारी र कर्मचारीको सहभागिता रहेको थियो । 

नेपालको संविधानबमोजिम गठित सो आयोगले सरकारी कामकाजका लागि प्रादेशिक भाषाबारे यसअघि नै सिफारिस गरिसकेको छ ।

मातृभाषाको संरक्षण, नेपालमा बोलिने भाषाको ब्याकरण लेखन, अभिलेखनलगायत कार्य आयोगले गर्दै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै