• २०८१ बैशाख १७ सोमबार

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले दिए राजीनामा

kharibot

काठमाडौँ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले राजीनामा दिएका छन् ।

जोन्सनले आफ्नो कन्जरभेटिभ पार्टीले नयाँ नेताको रुपमा लिज ट्रसलाई निर्वाचित गरेपछि मंगलबार महारानी एलिजावेथ द्वितीयलाई  स्कटल्याण्डको बालमोरल पुगेर भेट गरि राजीनामा दिएको बिबिसीले जनाएको छ ।

महारानीले जोन्सनको राजीनामा स्वीकृत गरेको बेलायती मिडियाहरुले उल्लेख गरेका छन् ।

जोन्सनले यस अघि महारानीलाई भेट्न जानु लिज ट्रसलाई आफ्नो पुरै समर्थन रहने बताएका थिए ।  

आफ्नो स्वास्थ्यको कारण हाल महारानी एलिजावेथ स्कटल्याण्डको बालमोरलमा रहेकी छन् । यस अघि महारानीको दरबार बर्गिंहम प्यालेसमा हुने नयाँ प्रधानमन्त्रीको शपथ पनि बालमोरलमा नै हुने बताइएको छ ।

अबको केहि बेरमा नै लिज ट्रसले नै महारानीसँग प्रधानमन्त्रीको शपथ लिने बताइएको छ । ट्रसले लामो समयसम्म चलेको दलको नेताको निर्वाचन प्रक्रियामा ऋषि सुनकलाई पराजित गरेर सोमबार दलको नेता चयन भएकी थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै