• २०८१ बैशाख १८ मंगलबार

जेम्स वेबले खिच्यो एक्सोप्लानेटको पहिलो प्रत्यक्ष तस्वीर

kharibot

काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको सबैभन्दा शक्तिशाली टेलिस्कोप जेम्स वेबले अन्तरिक्षमा एकपछि अर्को अचम्मका काम गरिरहेको छ । खगोलविद्हरूले जेम्स वेब टेलिस्कोपको साथ एक्सोप्लानेटको पहिलो प्रत्यक्ष तस्वीर कब्जा गरेका छन् ।

हाम्रो सौर्यमण्डल बाहिरका ग्रहहरूलाई एक्सोप्लानेट्स भनिन्छ । जेम्स वेबले अवलोकन गरेको ग्रह बृहस्पति भन्दा ६ देखि १२ गुणा द्रव्यमान भएको विशाल ग्यासयुक्त ग्रह हो । यो ग्रह १५ देखि २० करोड वर्ष पुरानो छ । ४.५ अर्ब वर्ष पुरानो पृथ्वीको तुलनामा यो ग्रह अझै ‘बच्चा’ रहेको छ । यो ग्रह हाम्रो पृथ्वीबाट ३८५ प्रकाश वर्षको दूरीमा अवस्थित छ ।

यो ग्रह जेम्स वेबबाट इन्फ्रारेड प्रकाशको विभिन्न ब्यान्डहरूमा देख्न सकिन्छ । जेम्स वेब टेलिस्कोपले इन्फ्रारेड प्रकाशमा अन्तरिक्ष अवलोकन गर्दछ, जुन मानव आँखाले देख्न सकिदैन । यूकेको एक्सेटर विश्वविद्यालयका भौतिक विज्ञान र खगोल विज्ञानका सहयोगी प्राध्यापक साशा हिन्क्लेले एक विज्ञप्तिमा भनेकी छिन्,  यो जेम्स वेबका लागि मात्र नभई समग्र रूपमा खगोल विज्ञानको लागि एउटा टर्निङ प्वाइन्ट हो । 

यो एक्सोप्लानेट पहिलो पटक २०१७  मा युरोपेली दक्षिणी वेधशालाको धेरै ठूलो टेलिस्कोप र चिलीमा अवस्थित स्पेयर उपकरणको साथ पत्ता लगाइएको थियो । यो उपकरणले छोटो इन्फ्रारेड तरंगहरू मार्फत फोटो खिचेको थियो । तर जेम्स वेबको लामो इन्फ्रारेड तरंगहरू हेर्ने क्षमताले संसारलाई एकदमै अद्वितीय चित्र प्रस्तुत गरेको छ । वैज्ञानिकहरूले एचआइपी ६५४२६ बि सँग सम्बन्धित जेम्स वेबबाट डाटा विश्लेषण गर्दैछन् । पृथ्वी र सूर्यको तुलनामा यो ग्रह आफ्नो होस्ट ताराबाट करिब १०० गुणा टाढा छ ।

केही दिन अघि जेम्स वेबले बृहस्पति ग्रहको रंगीन फोटो खिचेको थियो । यो तस्वीरमा बृहस्पतिको ध्रुवहरूमा अरोरास (ध्रुवीय बत्तीहरू) देखिन्थ्यो । ति चित्रमा बृहस्पतिको ठूलो रातो स्पट पनि देखिन्थ्यो । यसलाई एक किसिमको आँधी भनिएको छ, जुन पृथ्वीको आकार भन्दा ठूलो छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै