• २०८१ बैशाख १४ शुक्रबार

कक्षा १२ को परीक्षाफल प्रकाशित

kharibot

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल शुक्रबार सार्वजनिक गरेको हो । 

बोर्डले कक्षा १२ को नतिजा ग्रेडिङ पद्धति अनुसार नतिजा प्रकाशित गरेको छ ।

प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख गरिएको बोर्डले जनाएको छ । यस्तो व्यवस्था बोर्डले पहिलोपटक लागू गरेको हो ।

दुई विषयमा मात्रै नन  ग्रेडिङ भएमा ग्रेडवृद्धि परीक्षा दिन पाइने र  नन ग्रेडिङ उल्लेख हुनेले उच्च शिक्षामा भर्ना नपाइने बोर्डले जनाएको छ ।

परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै