• २०८१ बैशाख १६ आइतबार

चुनाव चिन्ह प्रकरणमा कमल थापाको टिप्पणी- व्यक्ति विशेषको प्रभावमा आयोगले गैरकानुनी काम गर्यो

kharibot

काठमाडौँ ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले निर्वाचन आयोगले चुनाव चिन्ह रोज्नपाउने दलको कानुनी अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष थापाले सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको अवस्थामा निर्णय कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश जारी गरेको अवस्थामा आयोगले गाई चिन्ह नदिने हठ देखाएको भन्दै आलोचना गरेका हुन् ।

उनले व्यक्ति विशेषको प्रभावमा आयोगले देखाएको हठ र गैरकानुनी कार्यले सिङ्गो आयोगलाई बदनाम गरेको समेत आरोप लगाएका छन् ।

उनले भनेका छन्-  

सर्वोच्च अदालतले राप्रपा नेपाललाई "गाई"चिन्ह नदिने निर्वाचन आयोगको निर्णय कानुन सम्मत नभएको र सो निर्णय कार्यान्वयन नगर्नु भनि अन्तरिम आदेश गरिसकेको अवस्थामा समेत आयोगले "गाई" चिन्ह नदिने जुन हठ देखाएको छ, त्यो अदालतको मानहानी र चिन्ह रोज्नपाउने दलको कानुनी अधिकार माथि हस्तक्षेप हो ।

अदालतको आदेशको अवज्ञा गर्दै राप्रपा नेपालले माग नै नगरेको चिन्ह थोपर्ने आयोगको निर्णय कार्यान्वयन नगर्नु भनि पुनः सर्वोच्च अदालतले अर्को अल्पकालीन अन्तरिमआदेश जारी गरेको छ । केही व्यक्तिविशेषको प्रभावमा आयोगका एकाध सदस्यले देखाएको हठ र गैरकानुनी कार्यले सिङ्गो आयोगलाई बदनाम गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै