• २०८३ असोज ५ सोमबार

काठमाडौँ महानगरले त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्ट खाली गरायो

काठमाडौँ महानगरले त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्ट खाली गरायो

काठमाडौँ । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्ट खाली गराएको छ । शुक्रबार महानगर र ट्राफिक प्रहरीको टोली राहदानी विभाग पुगेर पार्किङ क्षेत्रमा राखिएका सामग्री हटाएको हो ।

बिभागले बेसमेन्टलाई सेवाग्राहीलाई बस्न दिने ठाउँ बनाएको थियो । बिभागले आफ्नो भवनको बेसमेन्टमा पार्किङ नगरेर सेवाग्राही बस्ने ठाउ बनाएको र बाहिर पार्किङ गर्ने गरेको थियो ।

बेसमेन्टमा रहेका कुर्सि लगायतका सामग्री महानगर प्रहरीले हटाएको छ । 

काठमाडौँ महानगरले अहिले नियमविपरितका संरचना हटाउने अभियान नै चलाएको छ । बुधबार नै महानगरले सुन्धारास्थित काठमाडौँ मल र न्यूरोडको आरबी कम्प्लेक्समा बनाइएको नियम विपरितका संरचना भत्काएको थियो ।

काठमाडौँ महानगरले यस अघि काठमाडौँको बानेश्वर, न्यूरोडलगायतका क्षेत्रमा बनेका नियम विपरितका संरचना हटाएको थियो । यस अघि महानगरले एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएपछि ३५ दिने सूचना निकाल्दै नक्सा पास गर्दा उल्लेख भएका बाहेक अन्य संरचना हटाउन अनुरोध गरेको थियो । ३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले नियम विपरितका संरचनामा डोजर चलाउन शुरु गरेको छ  । 

मेयर शाहले नियमविपरीत बेसमेन्ट भाडामा लगाउने दिने घरबेटीले नै व्यवसायीलाई क्षतिपूर्ति दिन महानगरले सहयोग गर्ने समेत बताएका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै