• २०८१ बैशाख १४ शुक्रबार

मनोज पाण्डेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्चबाट पनि सदर

kharibot

काठमाडौं  । बाल यौन दुराचारको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोजकुमार पाण्डेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालतबाट पनि सदर भएको छ । 

उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र नरिश्वर भण्डारीको इजलासले बिहीबार जिल्लाकै आदेश सदर गरेको हो । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि पाण्डेले गत असार २४ गते उच्च अदालतमा निवेदन दिएका थिए ।

उनले आफूलाई थुनामुक्त गरेर मुद्दाको पुर्पक्ष गर्न माग गरेकोमा उच्चले आदेश दिन अस्वीकार गरेको छ ।

उनीविरुद्ध बालयौन दुरुपयोग र मानव बेचविखनको कसुरमा मुद्दा दायर भएको थियो । गत असार ६ गते जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि कारागार कार्यालय डिल्लीबजार पठाउन आदेश दिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै