• २०८१ बैशाख २७ बिहीबार

प्रजनन स्वास्थ्य र अधिकारसम्बन्धी पैरवी कार्यशाला

kharibot

देउखुरी । यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा सबैको पहुँच पुग्नुपर्ने यहाँ आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

नेपाल परिवार नियोजन सङ्घ जिल्ला शाखा दाङद्धारा आज घोराहीमा आयोजित प्रदेशस्तरीय परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसम्बन्धी पैरवी कार्यशाला गोष्ठीका सहभागीले सो धारणा व्यक्त गरेका हुन् । कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री ईन्द्रजीत थारुले प्रजनन स्वास्थ्यका बारेमा सबै चनाखो हुनुपर्ने बताए । हरेक नागरिकले जान्दाजान्दै पनि स्वास्थ्यको क्षेत्रमा खेलवाड गर्ने गरेको उनले बताए ।

लुम्बिनी प्रदेशका यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी नीतिको तर्जुमा र परिमार्जन गरी अझ व्यवहारिक रुपमा कार्यान्वयनको सुनिश्चितता गराउनेबारेका विषयमा सरोकारवाला पक्षले सो अवसरमा आफ्नो प्रतिबद्धता जनाएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै