• २०८१ बैशाख २० बिहीबार

सगरमाथा आरोही कल्पनाले गराइन् तीज अन द वाल

kharibot

काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी पहिलो महिला पत्रकार कल्पना महर्जनले काठमाडौंमा महिलालाई आइतबार क्लाइम्विंग गराएकी छिन् । राजधानीको धुम्वाराहीमा रहेको पासाग लामु स्पोटर्स क्लाइम्विंगमा कल्पनाले क्लाइम्विंग अभ्यास गराएकी हुन् । 

संस्कृति र साहससँगसँगै भन्ने नाराका साथ एकहप्ते तीज अन दी वाल कार्यक्रमको क्रममा महिलालाई क्लाइम्विंग गराइएको हो । महिलाहरुले त्यहाँ रहेको स्पोर्टस् क्लाइम्विंगमा क्लाइम्विंग गरेका थिए । यस क्रममा कोही महिला टुप्पोसम्म पुग्न सफल भए भने कोही असफल ।

तीजलाई फरक ढंगमा मनाउने उद्देश्यका साथ एकहप्ते तीज अन दी वाल सुरु गरिएको उनले बताइन् । कार्यक्रम अन्तर्गत फरकफरक दिन फरकफरक क्षेत्रका मानिसलाई क्लाम्विंग अभ्यास गराउने कार्यक्रम तय गरिएको छ । 

माउण्टेन एडभेन्सर सपोर्ट एकेडेमीको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमका लागि एक्सेरेन्स आउटडोर नेपालले व्यवस्थापन गरेको थियो । कार्यक्रमको पहिलो दिन प्रिस्कुल कमिटी अफ नेपालका प्रिन्सिपलहरु सहभागी थिए । राजधानीका विभिन्न प्रिस्कुलका महिला प्रिन्सिपलले क्लाइम्विग गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै