• २०८१ बैशाख १८ मंगलबार

कर्णाली स्वास्थ्य विज्ञानमा इन्डोस्कोपी सेवा

kharibot

खलङ्गा । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले इन्डोस्कोपी सेवा पुनःसञ्चालनमा ल्याएको छ ।

सो सेवा हप्ताको दुई दिन (आइतबार र बुधबार)सञ्चालन हुने प्रतिष्ठानका उपकुलपति मङ्गल रावलले बताए ।  

जुम्लालगायत जिल्लाका बिरामीलाई पनि उपचार गर्न सकिने भएकाले  आफूहरुले इन्डोस्कोपी सेवा सञ्चालनमा ल्याउन पहल गरेको प्रतिष्ठानका उपकुलपति मङ्गल रावलले बताए । यसबाट आर्थिक अवस्था कमजोर भएका बिरामीले सहजरूपमा जुम्लामै उपचार गर्न पाउने भएका छन् ।

भौतिक व्यवस्थापन र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको प्रतिष्ठानले यो सेवा संचालनमा ल्याएपछि  विरामीहरुलाई सहज हुने भएको छ ।

विशेष गरी नेपालीहरुमा ग्यासट्राईटिसको कारणले गर्दा पेट र आन्द्राहरुमा हुने घाउलाई इन्डोस्कोपीको माध्यामबाट सजिलै पहिचान गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।

सो सेवा लिनका लागि नेपालगंज र काठमाडौंलगायत भारतको लखनउमा गएर इन्डोस्कोपी गराउनुपर्ने बाध्यता  अहिले जुम्लामै उपचार भएपछि विरामीहरुलाई थप टेवा पुगेको प्रतिष्ठानका निर्देशक राजिव शाहले जानकारी दिए । आर्थिकरुपमा पछाडी परेका गरिब असहाय तथा सिमान्तकृत समुदायका बिरामीलाई अस्पतालले निःशुल्क उपचार गर्दै आइरहेको कर्णाली उक्त प्रतिष्ठानले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै