• २०८१ बैशाख १७ सोमबार

नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाउनु देश हितमा हुन्छ- कमल थापा

kharibot

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाउनु देश हितमा हुने बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष थापाले संसदले पारित गरेको नागरिकता विधेयक अधुरो र विवादस्पद रहेको बताउदै राष्ट्रपतिले फिर्ता पठाउनु उनको अधिकार र जिम्मेवारी अनुकुल हुने बताएका हुन् ।  

उनले भनेका छन्- 

संसदले पारित गरेको नागरिकता विधेयक अधुरो र विवादस्पद छ । विवाह गरेर ल्याएको भोलिपल्ट नागरिकता दिनसकिने वैवाहिक अंगिकृत सम्बन्धि व्यवस्था राष्ट्रहित विपरित र आपत्तिजनक छ । राष्ट्रपतिले सो विधेयक पुनर्विचारको लागि फिर्ता पठाउनु देश हित तथा उहाँको अधिकार र जिम्मेवारी अनुकुल हुन्छ

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै