• २०८१ बैशाख १४ शुक्रबार

रियल म्याड्रिडले जित्यो युइएफए सुपरकपको उपाधि

kharibot

काठमाडौँ । रियल म्याड्रिडले युइएफए सुपर कपको उपाधि जितेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले जर्मनी क्लब एनट्राचट फ्र्यांकफर्टलाई २-० गोल अन्तरले पराजित गर्दै युइएफए सुपर कपको उपाधि जितेको हो ।

रियल म्याड्रिडको जितमा डेभिड अलाबा र करिम बेन्जमाले एक एक गोल गरेका थिए । खेलको ३७औं मिनेटमा कासेमिरोको असिस्टमा अलाबाले रियल म्याड्रिडका लागि शुरुवाती गोल गरेका थिए भने दोस्रो गोल खेलको ६५औँ मिनेटमा भिनिसियस जुनियरको असिस्टमा करिम बेन्जमाले गरेका थिए ।

यो जितसँगै च्याम्पियन्स लिग र युरोपा लिगको विजेतावीच खेलिने युइएफए सुपरकपको उपाधि रियल म्याड्रिडले पाँचौं पटक जितेको छ । पाँचौं पटक यो उपाधि जितेर रियल म्याड्रिडले धेरै पटक जित्ने बार्सिलोना र एसी मिलानको बराबरी गरेको छ ।

रियल म्याड्रिडले यस अघि २०१७ मा युइएफए सुपरकपको उपाधि जितेको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै