• २०८१ बैशाख १४ शुक्रबार

टोटनह्यामको प्रिमियर लिगमा शानदार शुरुवात

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले नयाँ सिजनको शानदार शुरुवात गरेको छ ।

शनिबार सम्पन्न खेलमा टोटनह्यामले साउथहम्पटनलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

टोटनह्यामको जितमा रियान सेसेगनोन, एरिक डायर, डेजान कुलुसेभ्सकीले एक एक गोल गरेका थिए भने साउथहम्पटनका मोहमद सलिसुले एक गोल आत्मघाती गोल गरेका थिए ।

त्यस्तै साउथहम्पटनका लागि जेम्स वार्ड प्रोवजले एक गोल गरेका थिए ।

यो जितसँगै टोटनह्यामले नयाँ सिजनमा उत्कृष्ट शुरुवात गर्दै ३ बैंक बटुलेको छ । टोटनह्यामले अब अर्को खेल अगस्त १४ मा चेल्सीविरुद्ध खेल्दै छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै