• २०८१ बैशाख १५ शनिबार

सप्तकोसीमा घट्यो पानीको बहाव 

kharibot

काठमाडौं । सप्तकोसी नदीमा पानीको बहाव घट्न थालेको छ ।

शनिबार बिहान पानीको बहाव बढेपछि ‘हाई अलर्ट’ जारी गरिएकोमा अपराह्नबाट पानीको बहाव घट्न थालेको हो । शनिबार अपराह्नबाट घट्न थालेको पानीको बहाव अहिले खतरामुक्त रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

साँझ ५ बजे कोसी ब्यारेजमा २ लाख १५ हजार ८२५ क्युसेक पानी मापन गरिएको छ। बिहान मौसम पूर्वानुमान शाखाले सप्तकोसीमा पानीको सतह धेरै बढ्ने भनेर पूर्वसूचना जारी गरेको थियो । हाल कोसी ब्यारेजका ३३ वटा ढोका खोलिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय