• २०८१ बैशाख १४ शुक्रबार

कोरोना अपडेट: थप ६६० जनालाई संक्रमण, एक जनाको मृत्यु

kharibot

काठमाडौ । देशभर पछिल्लो २४ घण्टामा थप ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ४६८२ जनामा परीक्षण गर्दा ६६० जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । 

त्यस्तै १९४२ नमुनाको पीसीआर परीक्षण गर्दा ३२६ जनामा र २७४० नमुनाको एन्टिजेन परीक्षण गर्दा ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । 

त्यसैगरी पछिल्लो २४ घण्टामा ४४४ जना संक्रमित निको भएका छन् ।  

योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ६४१ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा ११ हजार ९७१ जनाको मृत्यु भएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै