• २०८१ बैशाख १५ शनिबार

मन्त्री श्रेष्ठ र राजदूत गोडरबीच शिष्टाचार भेटवार्ता

kharibot

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच आज शिष्टाचार भेटवार्ता भएको छ । 

भेटमा मन्त्री श्रेष्ठले नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध विस्तार भएको छ दशकभन्दा लामो समयमा पारस्परिक सहयोग, सद्भावना, समझदारी र मैत्रीपूर्ण सम्बन्ध प्रगाढ हुनुको साथै द्विपक्षीय सम्बन्ध विकासका विभिन्न विधासँगै सहयोगका क्षेत्रसमेत विस्तार भएको बताइन् । 

सरकार भूमिको समुचित उपयोग गरेर सहकारीको माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समृद्धि हासिल गर्नतर्फ लागिरहेको भन्दै इजरायलले सहकारीका माध्यमबाट गरेको समृद्धिबाट नेपालले धेरै कुरा सिक्न सकिने मन्त्री श्रेष्ठले जोड दिइन् ।  

भेटमा राजदूत गोडरले नेपालको भूमि व्यवस्थापन र कृषि विकासमा प्रविधिको भूमिका महत्वपूर्ण हुने भन्दै नेपाल प्राकृतिक र कृषिमा धेरै सम्भावना भएको देश भएकाले इजरायलले गरेको प्रविधिको प्रयोग नेपालका लागि पनि उपयोगी हुनसक्ने जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै