• २०८१ बैशाख २४ सोमबार

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता, सरकार विस्तार बारे छलफल

kharibot

काठमाडौँ । मन्त्रिपरिषद् विस्तार र उपसभामुखको निर्वाचनलगायतका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटरमा भएको सो भेटमा नेकपा एमाले र केन्द्रबाट थप गरिने मन्त्रीका विषयमा छलफल भएको थियो । सरकारमा आउन इच्छुक संघीय समाजवादी फोरमलाई समेट्ने विषयमा पनि उनीहरुबीच छलफल भएको थियो । हालसम्म दुई चरणमा मन्त्रिमण्डल विस्तार भए पनि पूर्णता पाएको छैन । 

यही चैत २ मा हुने उपसभामुखको निर्वाचनका विषयमा पनि उनीहरुबीच छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार रामशरण बजगाईंले जानकारी दिए । वाम गठबन्धनबीच एमालेले उपसभामुख पद लिने यसअघि समझदारी भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै