• २०८१ बैशाख ६ बिहीबार

गोरखाको अजिरकोटमा सार्वजनिक खरिद ऐनविपरित खरिदबिक्री

kharibot

गोरखा । गोरखाको अजिरकोट गाउँपालिकामा मापदण्ड मिचेर सेटिङमा काम हुने गरेको छ । 

ठेक्का दिँदा होस् वा कुनै पनि सामान खरिद गर्दा अनिवार्य रुपमा सार्वजनिक खरिद ऐन बमोजिम गर्नुपर्छ ।

तर, अजिरकोट गाउँपालिकामा पालिकाका कर्मचारी, जनप्रतिनिधि र व्यवसायीहरू मिलेर सार्वजनिक खरिद ऐनविपरित सेटिङमा काम गर्ने गरेको पाईएको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ मा उल्लेख भएअनुसार कुनै पनि सरकारी निकायले प्रतिस्पर्धा गरेर मात्रै सामान खरिद गर्नुपर्ने व्यवस्था छ ।

तर, गाउँपालिकाले प्रचलित ऐन मिचेर सामान खरिद गरेको भन्दै महालेखा परीक्षकको प्रतिवेदन २०७९ ले औँल्याएको छ । 

पालिकाले आर्थिक बर्ष २०७८÷०७९ मा पूँजीगत तथा चालु किसिमका वस्तु तथा सेवा खरिद गर्दा सार्वजनिक खरिद ऐन मिचेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

पालिकाले बजेट किताब छपाइँ, योजना किताब छपाई, पशु तथा कृषि औषधि खरिद गर्दा विभिन्न चार व्यवसायीलाई कानुन मिचेर खरिद गर्न दिएको भन्दै र दिएको भुक्तानी रकम १६ लाख ८८ हजार सात सय ४८ रुपैँया बेरुजु देखाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै