• २०८१ बैशाख १४ शुक्रबार

जन्मदिनमा हृदयेन्द्रलाई शुभकामना दिँदै रविन्द्र मिश्र भन्छन्- यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु !

kharibot

काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्रले जन्मदिनको शुभकामना दिदै हृदयन्द्र शाहलाई भावी राजाका रुपमा देख्न चाहेको बताएका छन् । 

हृदयन्द्रको २१औँ जन्मदिनको अवसरमा शुभकामना दिदै मिश्रले संसदले बाँधेर 'खोपामा भए पनि' राजसंस्था राख्न प्रस्ताव गर्दै हृदयन्द्रलाई एकदिन राजाका रूपमा देख्न चाहेको बताएका हुन् । 

उनले भनेका छन्- 

२१औँ जन्मदिनमा सुस्वास्थ्य, दिर्घायु, देशभक्ती, असल चरित्र र, भावी गद्दी-आसनको हार्दिक मंगलमय शुभकामना ! 

२० वर्षको पत्रकारिता, ५ वर्षको राजनीति तथा अन्य अनुभव र अध्ययनले पुर्याएको निष्कर्ष के हो भने- बदलिएको विश्व भूराजनीतिको भूमरी, लगभग पूर्णत: आर्थिक परनिर्भर्ता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ-फस्छ ।  त्यसैले, संकटका बेलामात्र सदुपयो गर्ने उद्येश्यका साथ संसदले बाँधेर 'खोपामा भए पनि' राजसंस्था राखौँ ।

म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु । २१औँ जन्मदिनको शुभकामना !

संसदले बाँधेको भनेको कस्तो ?

एउटा सानो उदाहरण: सन् १९९० मा बेल्जियमका राजा बोदवाँले आफू क्याथोलिक धर्मावलम्वी भएका कारण गर्भपतन सम्वन्धी विधेयक अनुमोदन गर्न मान्दै मानेनन् । त्यसपछि, सरकारले उनलाई कयौँ दिनसम्म राष्ट्रप्रमुखको पदबाट निलम्वन गरी सामान्य नागरिक बनायो । र, संसदले विधेयक अनुमोदन गरेपछि उनलाई पुन: गद्दी आसिन गरायो। त्यस्ता उदाहरण अरू पनि छन्, जुन मेरो प्रकाशोन्मूख पुस्तकमा उल्लेख गरेको छु ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै