• २०८१ बैशाख १३ बिहीबार

अभिभावक तथा विद्यार्थीले कस्तो कलेज-स्कुल छान्ने ?

kharibot

लेखक: प्रकाश पाण्डे

एसइईको नतिजा आउनेबित्तिकै कुन स्कुल कुन विषय पढ्ने तथा १२ कक्षाको नतिजा आउँनेबित्तिकै कुन कलेज छान्ने भन्ने विषय जोडदारसँग उठ्छ । सहि व्यवस्थापन भएको, असल मान्छे बनाउने र सिर्जनात्मक क्षमता विकास गर्ने विद्यालय छनोट गर्नुपर्ने हुन्छ तर उपलब्ध विद्यालय मध्येबाटै छ्नोट गर्नुपर्ने बाध्यता विद्यार्थी र अभिभावकहरुसँग छ । यहाँ विद्यालय छ्नोटका केही आधारहरू प्रस्तुत गरिएको छ ।

स्कुलमा चार बजेपछि मात्र बालकको मुहारमा मुस्कान देखिन्छ । के यस्तो संभव छ ? मुस्कानसहित बालक हाँस्दै हाँस्दै स्कुल जाओस र ढुक्क मन लिएर घर फर्कियोस् ।  भावी जीवनको योजना र तयारी गरोस् । भविष्यमा उसलाई आवश्यक पर्ने नयाँ नयाँ ज्ञान सिकोस् । विद्यालय गएपछि उसलाई भावी  जीवन सहजै जिउने विश्वास होस् । स्कुल रुइन्स माइ लाइफ भन्नू नपरोस् ।

युवाल नोहा हरारीको आफ्नो पुस्तक  "एकाइशौ शताब्दीका एकाइस विषय" अनुसार  बिद्यालयले अब विद्यार्थीहरुलाई तपशिल कुरामा तयार गराउँनुपर्ने छ: i) परिस्थितिको सामना गर्ने ii) नयाँ  कुरा सिक्ने क्षमताको विकास गर्न र iii) अज्ञात परिस्थितिहरुमा आफ्नो मानसिक सन्तुलन बनाइराख्ने ।

जुन बिद्यालय सिकाइको अवधारणा, नमूना, विधि, रणनीति, प्रविधिमा स्पष्ट छ त्यही छ्नोट गर्ने हो तर अधिकांस बिद्यालय  माथिका टर्मिनोलोजीको प्रयोगमा कुहिराको काग छ्न् । तसर्थ असल स्कुल छान्नु अब चानचुने कुरा रहेन् । बिगत सिकाउने भन्दा भबिष्य देखाउने स्कुल आजको आवश्यकता हो । बालकको सिकाइको रुचि, गति र क्षमता अनुसार रमाइलोसँग सिक्ने बातावरण भएको विद्यालय छनोट गर्नु अभिभावकको काम हो तर पाइन्छ र त्यस्तो ?

जोन हल्ट भन्छ्न्,"बच्चाले गर्छ सिक्दैन् ।" त्यसैले गर्न दियौं । हवाइटहेड  भन्छ्न्, "बच्चा हिडनु अघि हिड्ने सिप सिक्दैन् । ऊ त बस त्यसै हिडिरहेको छ, हिड्न चाहन्छ ।" शिक्षाले केटाकेटीलाई दुनियाँमा प्रवेश गर्ने र उपयोगी काम गर्न सघाउ पुर्‍याउनु पर्छ अनि जिन्दगीलाई जोड्ने काम गर्नुपर्छ ।

जोन हल्ट भन्छ्न्, “केटाकेटीले त्यसैवेला सबभन्दा राम्ररी सिक्छन्, जब स्वयं कुनै कुरा सिक्न चाहन्छन्, जब कहिले र कसरी सिक्ने भनेर स्वयं निर्णय लिन्छन्; जब कुनै कुरा अरू कसैले भनेको आधारमा होइन, स्वयं आफ्नो जिज्ञासा शान्त गर्न सिक्छन् ।" हामीले यस्तो बिद्यालय खोज्यौँ । त्यहाँ विद्यालयले बच्चालाई असल संस्कार सिकाएको छ कि छैन, स्वनुशासन सिकाएको छ कि छैन, विद्यालयको विश्वसनीयता र अभिभावकसँगको समन्वयकारी भूमिका कस्तो छ भन्ने जस्ता कुराहरु प्रवल हुन्छ्न् ।

विद्यालयले भावी योजनाहरू के के बनाएको छ, विद्यालयले कस्तो प्रकारको मूल्य र मान्यता र संस्कार  बोकेको छ । त्यो विद्यालयको मिसन अर्थात् अभियान , उदेश्य र लक्ष्य , प्रतिबद्धता,सिकाइको बातावरण  कस्तो छ आदि कुराको ख्याल गरेर विद्यार्थी भर्ना गर्न सकियो भने तपाईं–हामीले कहिल्यै पनि पछुताउनुपर्ने छैन ।

पूर्णकालीन, अनुभवी, प्रतिबद्ध , जिम्मेवार र जवाफदेही शिक्षकहरू, आधारभूत भौतिक पूर्वाधार युक्त बिद्यालय राम्रो विद्यालयको न्यूनतम आवश्यकता हो । गुणस्तरीय शिक्षा, व्यावहारिक, प्रविधिमैत्री, विद्यार्थीमैत्री वातावरण, दक्ष अनुभवी शिक्षक, मनोवैज्ञानिक परामर्श दिने विद्यालय, बाल मनोबिज्ञानिक पद्धतिबाट सिकाइ हुने, शैक्षिक क्रियाकलापमा जोड दिने, विद्यार्थीलाई रचनात्मक बनाउन पहल गर्ने विद्यालय नै राम्रा विद्यालय नै हुन् ।

जुन बिद्यालयमा शिक्षक उत्प्रेरक ( Motivator), सहजकर्ता ( Facilitor), प्रवर्तक (Promotor), अनुसन्धान कर्ता ( Researcher), सूचना प्रदायक (Information provider),सह सिकारु (Co-learner) र खुल्ला सिकाइ संस्कृतिको निर्माणकर्ता (Open learning culture creater) आदिको भूमिकामा प्रखर भएर प्रस्तुत भएका छ्न, त्यस्तो विद्यालय असल विद्यालयको मापदण्ड भित्र पर्न सक्छ।

केजरिवालले दिल्लीस्थित सरकारी बिद्यालयको शिक्षा प्रणालीमा भित्र्याएको शिक्षाको फ्याक्ट्री मोडलले शिक्षालाई उत्पादन ,वितरण र बजारसँग जोडेर बदलिँदो विश्व परिवेशमा विद्यार्थीहरुलाई समायोजन गराउने एक ज्वलन्त उदाहरण दिएको छ भने नेपाल सरकार र विद्यालयहरुले यसबाट सिक्नु पर्छ कि पर्दैन ? यो प्रश्न तेर्सिएको छ।

तपाईंले  आफ्नो बच्चालाई पढ्न या सिक्न या कार्य गर्न या के गर्न विद्यालय पठाउने हो । त्यो तपाईंको कुरा । कुन स्कुलले के मा जोड दिन्छ्न त्यो छुट्याउने काम पनि तपाईंको । अझ कस्तो खालको बिद्यालय खोल्ने त्यो पनि जिम्मा तपाईंको । सरकार त सिर्फ तपाईं माथी ट्याक्स उठाउँछ।

विद्यालय छनौटका आधरहरु तपशिल अनुसार हुन सक्छ्न् :

१. पूर्विय धर्म दर्शन, संस्कार र संकृतिलाई शिक्षाको मूख्य आधार बनाउने विद्यालय ।

२ .आत्मनिर्भरता तिर उन्मुख हुने गरि शिक्षाको लगानी,प्रक्रिया र उत्पादन / उपलब्धिलाई जोड दिने ।

३. अहिलेको शैक्षिक पद्धतिको चार `प` पाठ्यक्रम ,पेडागोजी,प्रविधि र परीक्षामा परिमार्जन र सुधार गर्नुपर्ने ।

४. अवको विद्यालयले चार `स´ सिर्जनात्मकता,समालोचनात्मक चिन्तन,सहकार्य र सञ्चार सिकाउने र यस्तो सिकाउने विद्यालयको छनोट गर्ने ।

५ .अवको विद्यालय शिक्षामा चार `अ` अनुसन्धान ,आविस्कार ,अनुभव /अनुभूति र असल आचारण अनिवार्य रुपमा सिकाएको हुनुपर्छ ।

६. विद्यालयले बालकलाई चार `प्र´ प्रेम,प्रशंसा ,प्रेरणा र प्रोत्साहन दिनुपर्छ।

७. विद्यालयले सिकाइमा निर्मार्णबाद, बैज्ञानिक सिकाइ प्रक्रिया ,कार्यमूलक अनुसन्धान ,सिकाइ साझेदारी ,सिकाइको वातावरण ,परिवर्तित शैक्षणिक पद्धति र सिकाइमा डिजिटलाइजेसनमा जोड दिनुपर्छ ।

८. अवको विद्यालयले प्रश्न गर्ने कला र हिम्मत, आत्मानन्द, साझा सिकाइ, सहयोगात्मक सिकाइ, सहकार्य, समता र समानता, समाबेशिकरण, सिकाइमा संयुक्त प्रयास गर्ने, सिकाइमा सूचना प्रविधिको सीप  सिकाउनु पर्नेछ । त्यतिमात्र होइन ज्ञान कसैले दिएकोबाट कम र आफ्नो अनुभवबाट बढी प्राप्त हुने हुनाले विद्यार्थीहरुलाई विद्यालयले बढी भन्दा बढी अनुभव गर्न दिनुपर्छ र उनीहरुको सिकाइ शैली अनुसार सिक्न पाउनुपर्छ ।

९ .विद्यालय शिक्षा सिकाइ जान्न, गर्न,बन्न र सगैं बस्न र बाँच्नको लागी हुनुपर्छ । विद्यालय  शिक्षाले सामाजिक न्याय, सहअस्तित्व, शान्ति, सहिष्णुता र सदाचार सिकाउँनुपर्छ ।

१० .सरकारले शिक्षामा तीन कुरामा बिशेष ध्यान दिनुपर्छ त्यो हो--  शिक्षामा लगानी,शिक्षामा लगानी र शिक्षामा लगानी । विद्यालयले तीन कुरामा बिशेष ध्यान दिनुपर्छ त्यो हो, कार्यान्वयन, कार्यान्वयन र कार्यान्वयन।

११. त्यो विद्यालय जसले सिर्जनाको दमन होइन उत्खनन गर्ने, नयाँ पुस्ताको इच्छा र शिक्षा अनुसार चल्ने र व्यवहारिक शिक्षा दिने गर्छ अनि परिवर्तन र भविष्यलाई सिकाउँछ, कन्टेन्टभन्दा बढी जीवन सिकाउँछ (स्फ्ट स्किल र हार्ड स्किल) त्यही विद्यालय अभिभावकले आफ्नो नानीबाबूहरुको लागि छ्नोट गर्नुपर्छ ।

१३. बास्तवमा विद्यार्थीले उसलाई २० बर्ष पछि चाहिने सीप अहिले विद्यालयमा खोजिरहेको छ । हामी अहिले नै उसलाई अप्रासंगिक भएको थोत्रो ज्ञान दिइरहेका छौं । सूचना, ज्ञान र बिगत कोचिरहेका छौँ जुन उसको समयमा काम लाग्ने छैन किनकी विश्व परिवर्तनको तिब्र गतिमा छ । उसलाई म:म वा कुनै भोक मेटाउने ट्यब्लेट (भोकलेट) को भोक छ तर हामीले आफूले खाएको तर्क दिदै मैकै भटमास खा भन्दै छौं ।

१४. विद्यार्थीको 3H, Head, Heart and Hand को अवस्था पहिचान गरि सुधार गर्न शिक्षकले कक्षाकोठामा  4T Target,Tools,Technique and Test को प्रभावकारी प्रयोग गर्ने बातावरण भएको विद्यालय हुनुपर्छ ।

उपर्युक्त सन्दर्भ र मापदण्डको विद्यालय निर्माणमा सबै सरोकारवालाहरु दत्तचित्त भई आजैदेखि लागिपर्नु पर्ने देखिन्छ नत्र यत्रो दौडधुप , तीब्र गति , जटिल विश्व बजार युक्त अहिलेको वैश्य युगमा हामी धेरै पछि पर्नेछौं । अन्यथा अरुले गरेका फोहोरहरु सोहोर्नैमा र हाम्रो दिमागमा लागेको खिया पखाल्नैमा हाम्रो सारा समय खर्च हुनेछ । त्यसैले आजैदेखि अगडम्बगडम, तिगडम  र झोलाझ्याम्टा धेरै नबोकी कम्मर कस्ने कि ? झोले नबनी , धनुष्ट्ङ्कार हुन छोडी ईमानमा काम गर्ने कि ? 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै