• २०८१ बैशाख १४ शुक्रबार

 बैतडीमा ७२ बर्षीया भानादेवीको चित्रकला, वाल पेन्टिङमा अझै सक्रिय 

kharibot

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–२ की भानादेवी चन्द ७२ बर्षकी भइन् ।

उनी अझै पनि मन्दिर, सार्वजनिक स्थल तथा घरहरूमा पेन्टीङ्ग गरिरहेकी भेटिन्छिन् । 

भानादेवी भगवानका फोटो र आफूले देखेका सबै वस्तु दुरुस्तै चित्रमा उर्तान सक्छिन् ।

उनले अहिलेसम्म दुई हजारभन्दा बढी चित्र कोरेको सुनाइन् । बाल्यकालमै पेन्टिङको काम सुरु गरेको उनले बताइन् ।

उनी एकपटक देखेको कुरा नहेरेरै जस्ताको तस्तै चित्र बनाउन सक्छिन् ।

माइतीघर भारतको धार्चुलामा कक्षा ५ सम्म अध्ययन गरेकी उनले १० वर्षको उमेरदेखि चित्र बनाउन सुरु गरेकी हुन् । 

भानादेवीका चित्रकला बैतडीदेखि काठमाडौंसम्मका सार्वजनिकस्थल तथा घरमा रहेको उनका छोरा नरेन्द्रले बताए ।

उनले भने, ‘आमा फुर्सदको समयमा पेन्टिङ गर्नुहुन्छ । उहाँले बैतडीदेखि काठमाडौंसम्मका भित्ताहरू फोटोले रङ्गाउनुभएको छ ।

उहाँले कोर्न खाजेको चित्र एकपटक हेरे मात्रै पुग्छ । उहाँसँग राम्रो क्षमता छ । केही ठाउँमा पुरुस्कृत समेत हुनुभएको छ  ।

उहाँले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको काठमाडौंस्थित घरमा पनि विभिन्न चित्र कोर्नुभएको छ ।’ 

भानादेवी चित्रकलाबाट स्थानीय स्तरमा परिचित भए पनि प्रतियोगिताहरूमा भने खासै सहभागी हुने अवसर पाएकी छैनन् ।

उनले कुनै चित्रहरूको मूल्य राख्ने गरेकी छैनन् । कसैले स्व इच्छाले दिएको रकम र रंङ खरिद गर्दाको पैसाबाहेक पारिश्रमिक नलिने गरेको चन्दको भनाइ छ ।

गाउँठाउँका कसैले पेन्टिङ्गका लागि आग्रह गरेमा त्यहाँ पुगेर चित्र कोरिदिने गरेको चन्दले सुनाइन् ।

आफुसँग भएको सीप अरूलाई सिकाउन नपाउँदा चन्द चिन्तित देखिन्छन् ।

साथै, पछिल्लो समय चित्रकलाप्रति युवापुस्ताको ध्यान जान नसक्नु दुःखद् भएको उनको भनाइ छ । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै