काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित नाकोते र आसपासमा भारी बर्षा मापन गरिएको छ ।
सो क्षेत्रमा ठुलो बर्षा भएपछि नेपाल बाढी सुचना केन्द्रले आसपासको क्षेत्रमा एसएमएस मार्फत जानकारी गराउदै भोलि बिहान सम्म अति उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
अहिले मेलम्ची नदीको नाकोतेमा रहेको बाढीमापन केन्द्रमा जलसतह १.५ मिटरले बृद्वि भएको सूचना केन्द्रले जानकारी दिएको छ ।
केन्द्रले मेलम्चीको तटिय क्षेत्रमा आकस्मिक बाढी आउनुका साथै कमजोर भिरालो जमिनमा पहिरो जानसक्ने उल्लेख गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।









