• २०८१ बैशाख १६ आइतबार

शिक्षण सिकाइमा दृष्टिकोण, नमूना, विधि, रणनीति र पद्धति के-के हुन् ?

kharibot

लेखक: प्रकाश पाण्डे

दृष्टिकोण (Approach)भनेको अवधारणा , विचारधारा, विश्वास वा कुनै कुरामा सैद्धान्तिक अडान हो भने नमूना एकीकृत ढाँचा हो । विधि( Method) भनेको क्रमबद्ध बाटो वा चरण र तरिका हो भने रणनीति (Strategy)भनेको लक्ष्य वा उदेश्य हासिल गर्ने कार्ययोजना हो। यहाँ  पद्धति{Technique)  भनेको कुनै खास कार्य पूरा गर्ने प्रक्रिया वा सीप हो । विधि र रणनीति प्रयोगको सिप प्रबिधि हो ।

दृष्टिकोणले कुनै चीजलाई निश्चित रूपमा व्यवहार गर्छ। नमूनाले त्यसको रुप र सार देखाउछ। विधिले सिक्ने बाटो देखाउँछ। दृष्टिकोणले हामीले त्यसरी सिकाउनुको कारण पनि बताउँछ। बिधिले नै हो हामीलाई असल बनाउने। रणनीतिले त्यसको रचनात्मक कार्यढाँचा अनुसार कार्य गराउँछ। खासगरी विद्यार्थीहरुलाई । कार्ययोजना अनुसार पद्धतिले सीप र प्रक्रिया अवलम्बन गरि सक्षमता हासिल गराउँछ । यहाँ रोचक कुरा  के छ भने रणनीतिको उपयोग गर्न टेक्निक्स चाहिन्छ जो रणनीति भित्र मसिनो गरि प्रयुक्त हुन्छ।

यसर्थ एप्रोच एक बिहङगम अवधारणा हो जवकी नमूना अवधारणा पूरा गर्ने पूर्ण फ्रेम हो विधि त्यो अप्रोच र अमूना पूरा गर्ने एक तरिका बाटो वा चरणबद्ध प्रक्रिया हो तसर्थ यो अप्रोच र नमूना भित्र पर्छ। त्यस्तै रणनीति अप्रोच र नमूना पूरा गर्न बनाइएको एक योजना हो भने योजना पूरा गर्ने प्रक्रियालाई पद्धतिको रुपमा हेरिन्छ।रणनीति भित्र पद्धति समाहित हुन्छ । अत: दृष्टिकोण भित्र नमूना, नमूना भित्र विधि,विधि भित्र रणनीति र रणनीति भित्र पद्धति अन्तरनिहित हुन्छ। शिक्षण सिकाइको सन्दर्भमा दृष्टिकोण , नमूना ,विधि, रणनीति र पद्धतिलाई अझ मसिनो गरि बुझ्न यसरी हेरै।

Approach ~अवधारणा ,बिचार, सिद्धान्त ,।  सिकाइ दृष्टिकोणलाई विद्यार्थी केन्द्रित दृष्टिकोण र शिक्षक केन्द्रित दृष्टिकोणमा दुई भागमा विभाजन गर्न सकिन्छ। जस्तैः सबै बालबालिकाहरुले सिक्न सक्छ्न्। सिकाइ निरन्तर प्रक्रिया हो। जीवनपर्यन्त शिक्षा । अभ्यस्त र पहिचान धारणा । यी दृष्टिकोणहरु हुन् ।

Model~ सुरुदेखि अन्त्यसम्म प्रतिबिम्बित हुने सिकाइको एकीकृत रुप । स्किनरियन सिकाइ नमूना,म्याथमेटिकल मोडेल। मूल्य स्पष्टीकरण नमूना । आगमन र निगमन अवधारणात्मक नमूना । खासगरी   सूचना प्रसोधन, व्यवहारीक,संज्ञानात्मक, सामाजिक अन्तरक्रिया, व्यक्तिवादी पाँचबटा शैक्षणिक नमूनाहरु बढि प्रचलित छ्न् ।

जस्तो कि Banking Model त्यो मोडेलमा शिक्षक (Depositors)ले विद्यार्थीमा ज्ञान थुपार्छ  र विद्यार्थी (Depositories)ले त्यो लिन्छ । यसमा शिक्षकले परीक्षा लिन्छ र मूल्यांकन गर्छ ।

Method ~  सिकाउदा सिकाइको खास विधि वा तरिका अवलम्बन गरिन्छ ,त्यो सिकाइको बाटो हो, विधि हो । यसले व्यवस्थित तरिकामा के गर्न आवश्यक छ र ती लक्ष्यहरू प्राप्त गर्न कसरी ध्यान केन्द्रित गर्ने भनेर बताउँछ।   जस्तै: छ्लफल,प्रदर्शन,खोज,सहयोगात्मक,तस्वीर केन्द्रित  ,प्रनोत्तर,प्रयोगात्मक बिधिहरु ।

Strategy ~ विधि अनुसार शिक्षण गर्दा त्यो भित्र  योजना गरि अपेक्षित उद्देश्य हासिल गर्न खास खास रणनीति प्रयोग गरिन्छ । प्रत्यक्ष ,अप्रत्यक्ष ,अन्तरक्रियात्मक,प्रयोगात्मक र अनाश्रीत अध्ययन आदि शैक्षणिक रणनीतिहरु हुन्। विद्यार्थी सिकाइ शैली अनुसार शिक्षण ,कक्षाकोठामा सिकाइको उपयुक्त वातावरणको सिर्जना। जस्तो: छ्लफल विधि अनुसार ब्रेन स्टोर्मिङ,बज सेसन,राउन्ड टेवल डिस्कसन आदि ।

Techniques~ सिकाइको प्रक्रिया नै पद्धति हुन्छ। सिकाइ रणनीतिको प्रयोग  गर्दा क्रमबद्ध रुपले पद्धतिको अवलम्बन गर्नुपर्छ। जस्तो: कि ब्रेन स्टोर्मिङ रणनीति अवलम्बन गर्दा प्रक्रियागत रुपले बिषय दिने, विषयमा केन्द्रित रहेर विचार निर्माण गर्ने, छ्लफलको लागि प्रस्तुत गर्ने आदि कार्यहरु संचालन गर्नुपर्छ। यसमा योजना गर्ने,मूल्यांकन गर्ने,प्रस्तुत गर्ने,प्रश्न गर्ने निष्कर्ष निकाल्ने,प्रदर्शन गर्ने सीप पर्दछ्न् ।

यसर्थ  सिकाइको मान्यता,सिकाइको समग्र ढाँचा,सिकाइको बाटो,सिकाइको शैली र सिकाइका प्रक्रियाहरु नै सिकाइको सन्दर्भमा क्रमशः एप्रोच,मोडेल, मेथड, स्टाटेजी र टेक्निक्स हुन् ।

यदि शिक्षक अवधारणात्मक रुपले स्पष्ट ,एक रोड मोडलको रुपमा,  उपयुक्त नमूना छनोट र प्रयोग गर्न सक्ने,विधि अनुसार पथप्रदर्शन गर्न सक्ने,विधिलाई सफल बनाउन सहि रणनीति बनाउन र प्रयोग गर्न जान्ने र रणनीति सफल बनाउन सिकाइको सहि प्रक्रिया वा पद्धति अवलम्बन गर्ने हो भने सिकाइको उपयुक्त वातावरण सिर्जना भएर सिकाइ हासिल सहजै हुन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै