काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् ।
डा. भट्टराईलाई उनको निवास पुगेर बालेनले महानगरका समस्या समाधान बारे छलफल गरेका हुन् ।
डा. भट्टराईले बालेनसँग महानगरका समस्या र तिनको समाधान तथा योजनाबद्ध विकासवारे सार्थक सम्बाद भएको जानकारी दिएका छन् ।
बालेनले महानगरको मेयरमा निर्वाचित भएपछि प्रमुख दलका शिर्ष नेताहरुलाइ भेट्ने क्रम जारी राखेका छन् । उनले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, प्रचण्डलगायतका नेताहरु\लाई भेटिसकेका छन् ।