• २०८१ बैशाख १५ शनिबार

म्यानचेस्टर युनाइटेडले भित्र्यायो युवा डच लेफ्ट ब्याक टायरेल

kharibot

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले युवा डच लेफ्ट ब्याक टायरेल मालासियालाई भित्र्याएको छ ।

२२ बर्षिय टायरेललाई युनाइटेडले डच क्लब फेयनूर्डबाट १५.७ मिलियन डलरमा किनेको हो । युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यांगले आफ्नो कार्यकालको पहिलो खेलाडी भित्र्याएका छन् ।  उनले युनाइटेडमा चार बर्षको सम्झौता गरेका छन् ।

उनले फेयनूर्डमा पाँच सिजनमा १३६ खेल खेल्दै ४ गोल पनि गरेका छन् । यसै सिजनमा फेयनूर्ड युइएफए कफेरेन्स लिगको उपविजेता हुदा टायरेल टिमका सदस्य थिए ।

उनले नेदरल्याण्डसको राष्ट्रिय टिममा पनि अहिलेसम्म ५ खेल खेलेका छन् ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय