काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले बजेटमा करका दर परिवर्तन हेर्दा व्यापारीको अनुहार चिनिने आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बजेटमा गरिएका करका दरको व्यवस्था सेटिंगमा गरिएको भन्दै कसका लागि गरिएको हो भन्ने स्पष्ट चिन्न सकिने बताएका छन् ।
अध्यक्ष ओलीले सरकारले बजेट निर्माणमा अनधिकृत मानिसलाई सामेल गराएर गैरकानुनी काम गरेको बताउदै केहि औद्योगिक व्यापारिक घरानाको हितमा काम गरेको आरोप लगाएका छन् ।
यस अघि उनले संसदमा बोल्दै एसपीपीका विषयमा कसले, कहिले पत्राचार गरेको भन्ने स्पष्ट पार्ने गरी सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् ।