काठमाडौं : मिस्टर इन्टरनेसनलमा पहिलोपटक नेपालले सहभागिता जनाउने भएको छ ।
पुरुष तर्फको सौन्दर्य प्रतियोगितामा नेपालको लागि बिराटनगरका साजिद अलामले प्रतिनिधित्व गर्दैछन् । उनी मिस्टर इन्टरनेसनल २०१८ का शीर्ष विजेता हुन् भने म्यान हन्ट नेपाल २०१८ का सेकेन्ड रनर्स अप पनि हुन् ।
मिस्टर इन्टरनेसनल २०१८ प्रतियोगिताको १२ औँ संस्करण हो । तर, नेपालको लागि भने यसमा प्रतिनिधित्वको पहिलो अवसर हो । साजिदले भन, ‘यस्ता अन्तराष्ट्रिय प्याजेन्टमा सहभागिता जनाउन पाउनु ठूलो अवसर हो ।
र आफैंले यसको फ्रेन्चाइज नेपालमा ल्याउनु चुनौती र गर्व एकसाथ महसुस हुने रहेछ ।’ अप्रिल ३० मा हुने फिनालेमा ३० प्रतिस्पर्धी हुनेछन् ।
प्रतियोगिता म्यानमारको नेसनल थिएटर अफ यागोनमा हुँदैछ । विजेतालाई मिस्टर इन्टरनेसनल २०१७ पल इस्कन्दरले ताज पहिराउनेछन् ।