• २०८१ बैशाख १४ शुक्रबार

वण्डरकिड जाभी सिमोन्सले छोडे पिएसजी

kharibot

काठमाडौँ । उच्च मूल्याङ्कन गरिएको वण्डरकिड जाभी सिमोन्सले पिएसजी छोडेका छन् । पूर्व बार्सिलोना एकेडेमीका खेलाडी सिमोन्सले पिएसजीमा आफ्नो भविष्य नदेखेपछि आफ्नै देशको क्लब नेदरल्याण्डसको पीएसभीमा फ्रीट्रान्सफरमा गएका छन् ।

सिमोन्सलाई निरन्तरता दिन नसकेकोमा पिएसजीको आलोचना भैरहेको छ । पिएसजीले उनको सम्झौता नवीकरण नगरेपछि उनी फ्री-ट्रान्सफरमा पीएसभी गएका हुन् ।

सिमोन्सले २०२०-२१ सिजनमा पिएसजीबाट २ खेल र २०२१-२२ मा पिएसजीको पहिलो टोलीबाट ९ खेल खेलेका थिए । 

यस अघि १९ बर्षिय सिमोन्सलाई पीएसभीले लोनमा लैजाने अनुमान गरिए पनि अन्तिम समयमा फ्री-ट्रान्सफरमा भित्र्याएको छ ।

बार्सिलोनाको प्रख्यात ला मासिया एकेडेमीमा रहँदादेखि नै सिमोन्सको उत्कृष्ट प्रतिभाको चर्चा विश्वभर भैरहेको थियो, जब उनी नियमित रूपमा आफ्नो ड्रिब्लिङ क्षमताका कारण भाइरल हुने गर्थे ।

उनी २०१० मा नै बार्सिलोनाको एकेडेमीमा सामेल भएका थिए । बार्सिलोनाको एकेडेमीमा हुदा नै सिमोन्सलाई रियल म्याड्रिड, चेल्सी जस्ता क्लबले भित्र्याउने प्रयास गरेका थिए । तर २०१९ मा पिएसजीले तीन बर्षका लागि बार्षिक एक मिलियन युरो पारिश्रमिक दिएर भित्र्याएको थियो ।

तर अहिले भने पिएसजीले सिमोन्सलाई निरन्तरता दिन सकेन । उनले पीएसभीसँग पाँच बर्षको सम्झौता गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

सिमोन्स युइएफए युथ लिगमा उत्कृष्ट खेलाडीमध्ये एक थिए, प्रतिष्ठित अन्डर-१९ प्रतियोगितामा मात्र सात खेलमा चार गोल र छ वटा गोल असिस्ट गरेका थिए ।

सिमोन्सले पिएसजीमा खेल खेल्ने बारे सुनिश्तिता खेजेको कारण कुरा नमिलेको बताइएको छ ।

तर पिएसभीले भने युवा डच प्रतिभालाई आफ्नो मातृभूमिमा फर्काउन सफल भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै