• २०८१ बैशाख १४ शुक्रबार

बलिवुड अभिनेत्री काजोललाई ओस्कारबाट क्लास अफ २०२२ को निमन्त्रणा

kharibot

काठमाडौँ । द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेज (ओस्कर) ले क्लास अफ २०२२ को लागि अतिथि सूची जारी गरेको छ । यसपटक भारतबाट अभिनेत्री काजोल र निर्देशक एवं लेखिका रीमा कागतिलाई निमन्त्रणा गरिएको छ ।

ओस्कर अवार्डको अतिथि सूचीमा आमन्त्रित गरिएको काजोल पहिलो बलिवुड अभिनेत्री हुन् । यसअघि बलिउडबाट संगीतकार एआर रहमान, आमिर खान र सलमान खान जोडिइसकेका छन् ।

के हो क्लास अफ २०२२ ? 

ओस्कारको गेस्ट अफ क्लास लिस्टमा परेका सदस्यले अवार्डका लागि भोट गर्ने अधिकार पाउँछन् । यस पटक ओस्करमा क्लास अफ २०२२ को लागि ७१ मनोनीत र १५ विजेता छन्, जसमध्ये ४४ प्रतिशत निमन्त्रणा महिलाहरूलाई पठाइएको छ । जसमध्ये ३७ प्रतिशत कम प्रतिनिधित्व भएका समुदायका छन् । यो वर्ष ३९७ जनालाई आमन्त्रित गरिएको छ ।

काजोलसहित सबै भारतीय कलाकारले ओस्कारको यो निमन्त्रणा स्वीकार गरेमा उनीहरूले भोट गर्ने अधिकार पाउनेछन् ।

पाँच भारतीय कलाकारलाई निमन्त्रणा

काजोल र रीमा कागती बाहेक उद्योगबाट पाँच जनालाई निमन्त्रणा आएको छ । जसमा ‘सूरराई पोत्रु’ र ‘जय भीम’ फिल्मबाट अन्तर्राष्ट्रिय मान्यता र प्रशंसा पाएका साउथ स्टार सूर्या छन् । त्यस्तै फिल्म निर्माता सुष्मिता घोष र रिन्टु थोमसको वृत्तचित्र राइटिङ विथ फायर ९४औं ओस्करमा उत्कृष्ट फिचर विधामा मनोनित भएको थियो ।

यसै क्रममा निर्देशकको शाखाबाट पान नलिनलाई निम्तो आएको छ । यी बाहेक आदित्य सुद र पीआर मार्केटिङ प्रोफेसनल सोहिनी सेनगुप्तालाई पनि निमन्त्रणा पठाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै