• २०८१ बैशाख १७ सोमबार

राष्ट्रियसभाले पनि पारित गर्यो विनियोजन विधेयक

kharibot

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले विनियोजन विधेयक, २०७९ लाई बहुमतले पारित गरेको छ ।

प्रतिनिधिसभाबाट पारित भएर आएको विनियोजन विधेयकलाई राष्ट्रियसभाको आजको बैठकको बहुमतले पारित गरेको हो ।

प्रतिनिधिसभाले यही असार २ गते सो विधेयक पारित गरेको हो ।

विनियोजन विधेयक पारित हुँदा प्रतिनिधिसभामा जस्तै नेकपा(एमाले) सम्बद्ध सांसदले राष्ट्रियसभाको बैठक पनि बहिस्कार गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै