काठमाडौं । सूर्योदय लघुुुवित्त वित्तीय संस्थाको दुुई करोेड ८० लाख रुपैयाँबराबरको हकप्रद सेयरको बिक्री खुल्ला भएको छ ।
संस्थाले फागुुन २४ गते अर्थात् आज बिहीबारबाट हकप्रद सेयरको बिक्री खुल्ला गरेको हो ।
संस्थाले पुँजी वृद्धिको लागि हाल कायम रहेको चुक्ता पुंजी चार करोड रुपैयाँ मध्येबाट १० बराबर सातको अनुपातमा एक सय रुपैयाँ अंंकित मुल्य कायम रहने गरी दुुई लाख ८० हजार कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गरेको हो ।
बिक्री प्रर्वन्धक ग्लोवल आईएमई क्यापिटल रहेको संस्थाको हकप्रद सेयरको बिक्री कार्य चैत २८ गतेसम्म जारी रहने छ ।
अधिकृत पुँजी आठ करोड रुपैयाँ रहेको संस्थाको हकप्रद सेयरको बिक्री पश्चात भने चुक्ता पुंजी छ करोड ८० लाख रुपैयाँ पुुग्ने छ ।