• २०८१ बैशाख १४ शुक्रबार

आलिया र रणवीर आमाबाबु बन्दै

kharibot

काठमाडौँ । आलिया भट्ट र रणवीर कपुर छिट्टै आमाबुवा बन्न लागेका छन् । सोमबार बिहान आलिया भट्टले आफैंले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा एक पोस्ट सेयर गरेर आफू गर्भवती भएको खुलासा गरेकी छिन् ।

यो तस्विरमा आलिया रणवीरसँग अस्पतालको बेडमा सुतेकी देखिन्छिन् । दुवैले स्क्रिनमा हेरिरहेका छन् । तस्बिर सेयर गर्दै अभिनेत्रीले लेखेकी छिन्- ‘हाम्रो बेबी... छिट्टै आउँदैछ ।'

सोनोग्राफी तस्विरसँगै अभिनेत्रीले आफ्नो इन्स्टाग्राममा अर्को तस्बिर सेयर गरेकी छिन्, जसमा सिंह र सिंहीनी आफ्ना बच्चाहरूसँग देखिएका छन् । प्रकृतिप्रतिको माया बाँड्दै यी जोडीले चाँडै नै आमाबुवा बन्न लागेको स्पष्ट पारेका छन् ।

रणवीर र आलियाले यही वर्षको अप्रिल १४ मा आफ्नो परिवार र नजिकका साथीहरूको उपस्थितिमा विवाह गरेका थिए । अब दुई महिनापछि आलियाले आफ्नो गर्भावस्थाको खबर शेयर गरेकी छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै