• २०८१ बैशाख १६ आइतबार

जी-७ शिखर सम्मेलनमा राष्ट्रपति पुटिनको मजाक उडाइयो !

kharibot

काठमाडौँ । जी-७ देशहरूको शिखर सम्मेलन जर्मनीमा हुँदैछ । सम्मेलनको पहिलो दिन, जुन २६ मा, ब्लकका सदस्य राष्ट्रका नेताहरूले युक्रेनमा रुसको आक्रमण, त्यसको बहुआयामिक प्रभाव र युक्रेनको अवस्थाबारे छलफल गरेका थिए ।

यस क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘गिर्दो छवि’ पनि बैठक सुरु हुनुअघि नै छलफल भएको थियो ।

आइतबार जी–७ देशको बैठक सुरु हुँदा सबै नेता गोलमेचमा बसेका थिए । अन्ततः बेलायती प्रधानमन्त्री बोरिस जोन्सन आफ्नो कुर्सीमा बसे ।

कुर्सीमा बस्ने बित्तिकै जोनसनले साथी नेताहरूलाई ठट्टा गर्दै सोधे, 'ज्याकेट लगाउने कि फुकाल्ने ? के हामीले आफ्नो लुगा फुकाल्नु पर्छ ?'

सो क्रममा त्यहाँ धेरै पत्रकार, फोटोग्राफर पनि थिए ।

पत्रकारहरूलाई औंल्याउँदै जोनसनले भने कि हामी सबैले उनीहरूलाई देखाउनुपर्छ कि हामी पुटिन भन्दा बलियो (टफ) छौं ।

जोनसनको कुरालाई जारी राख्दै, क्यानाडाली नेता जस्टिन ट्रुडोले भने- 'छाती देखाउँदै घोडामा सवार...'

यसमा युरोपेली आयोगका अध्यक्षले भनिन्- 'ओ हो... घोडामा सवार हुनु उत्तम हुनेछ ।'

समाचार एजेन्सी रोयटर्सले पनि यस घटनाको भिडियो सार्वजनिक गरेको छ ।

रुसका राष्ट्रपतिका यस्ता धेरै तस्बिर सार्वजनिक छन्, जसमा उनी कहिले शर्टलेस, कहिले घोडामा चढेको त कहिले माछा मारेको देखिन्छ । क्रेमलिन बाहिर सुट-बुट बाहिर उनको 'माचो-इमेज' को धेरै तस्बिरहरू छन् ।

शिखर सम्मेलनको पहिलो दिन जी-७ सदस्य राष्ट्रका नेताहरूले रुसलाई कसरी अलग्याउने भन्ने विषयमा विस्तृत छलफल गरेका थिए । युक्रेनमा रुसले आक्रमण गरेपछि विश्वका धेरै देशले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै