• २०८१ बैशाख १४ शुक्रबार

फिल्म ब्रह्मास्त्रलाई लाग्यो हलिवुडबाट चोरीको आरोप

kharibot

काठमाडौँ । रणवीर कपुर, आलिया भट्ट र अमिताभ बच्चन स्टारर फिक्शन फिल्म ब्रह्मास्त्रको ट्रेलर सार्वजनिक भएको छ । ५०० करोडको बजेटमा निर्माण भएको यो फिल्मलाई अयान मुखर्जीले निर्देशन गरेका हुन् । यस फिल्मलाई भारतको सबैभन्दा ठूलो बजेटको फिक्शन फिल्म भनिएको छ ।

फिल्ममा उच्च गुणस्तरको भिएफएक्स प्रयोग गरिएको छ, जसलाई अहिलेसम्मकै उत्कृष्ट भिएफएक्स पनि भनिएको छ ।

यसको ट्रेलर रिलिज भइसकेको छ, यद्यपि धेरैले यो फिल्म मार्वल र डीसीको सुपरहिरो फिक्शन फिल्मको पूर्ण नक्कल भएको आरोप लगाएका छन् । ट्रेलरमा देखाइएका धेरै दृश्यहरू साँच्चै हलिउड चलचित्रहरू जस्तै देखिन्छन् । 

ट्रेलर हेरेपछि अहिले दर्शकले फिल्म हलिवुडका फिल्मबाट धेरै दृश्य देखाइएको आरोप लगाएका हुन् ।   

यस फिल्मको ट्रेलरमा आलिया भट्ट र रणबीर कपूर बाहेक शताब्दीका मेगास्टार अमिताभ बच्चन, साउथका सुपरस्टार नागार्जुन र चर्चित अभिनेत्री मौनी रोयको झलक देखाइएको छ । ट्रेलर हेरेर ‘ब्रह्मास्त्र’ मा रणवीर कपुर र आलिया भट्टको प्रेमदेखि लिएर ब्रह्मास्त्रको युद्धसम्मको कथा देखाउने अनुमान गरिएको छ ।

ट्रेलरमा धेरै हतियारबाट बनेको कुरालाई ‘ब्रह्मास्त्र’ भनिएको छ र यस ब्रह्मास्त्रसँग रणवीर कपूरको प्रत्यक्ष सम्बन्ध देखाइएको छ । फिल्ममा शिवको भूमिका निर्वाह गरिरहेका रणवीर कपूरलाई सुरुमा आफ्नो शक्तिको आभास हुँदैन । ऊ आगोको नजिक जान्छ तर आगोले उसलाई जलाउँदैन। जसका कारण रणवीर कपुरलाई आगसँग आफ्नो पुरानो सम्बन्ध रहेको महसुस भएको छ । ‘ब्रह्मास्त्र’बाट अन्जान शिव आलिया भट्टसँग प्रेममा परेकी छन् ।

फिल्मको कुरा गर्दा ‘ब्रह्मास्त्र’ पान इन्डिया स्तरमा तीन भागमा रिलिज हुनेछ । फिल्ममा रणवीर र आलियाका अलावा मौनी रोय, अमिताभ बच्चन, नागार्जन र डिम्पल कपाडिया मुख्य भूमिकामा छन् । हालै नागार्जुन र अमिताभ बच्चनको लुक निर्माताहरुले शेयर गरेका छन्, जसलाई दर्शकले निकै रुचाएका छन् । फिल्म सेप्टेम्बर ९ मा सिनेमाघरमा रिलिज हुँदैछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै