काठमाडौँ । जारी टी-२० सिरिजको तेस्रो खेलमा भारतले दक्षिण अफ्रिकालाई पराजति गरेको छ । मंगलबार सम्पन्न खेलमा भारतले दक्षिण अफ्रिकालाई ४८ रनले पराजित गरेको हो ।
भारतले दिएको १८० रनको लक्ष्य पछाएको दक्षिण अफ्रिका १९.१ ओभरमा अलआउट हुदै १३१ रन मात्र बनाएको थियो ।
दक्षिण अफ्रीकालाई सस्तैमा समेट्ने क्रममा भारतीय बलर हर्षल पटेलले ४ र युजवेन्द्र चहलले ३ विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ५ विकेट गुमाउदै १७९ रन बनाएको थियो ।
यो जितपछि भारतले सिरिजमा लगातार २ खेलमा हार बेहोरेपछि तेस्रो खेलमा जित हासिल गरेको छ । अब सिरिजमा दक्षिण अफ्रिका २-१ ले अगाडी रहेको छ ।
अब सिरिजको तेस्रो खेल शुक्रबार हुने छ ।









