• २०८१ बैशाख १६ आइतबार

श्रद्धा कपुरका दाई सिद्धान्त लागूऔषध सेवन गरेको आरोपमा पक्राउ

kharibot

काठमाडौँ । बलिउड अभिनेत्री श्रद्धा कपुरका दाई तथा अभिनेता सिद्धान्त कपुरलाई बैंगलोर प्रहरीले हिरासतमा लिएको छ ।

मिडिया रिपोर्टका अनुसार सिद्धान्तमाथि पार्टीमा लागूऔषध सेवन गरेको आरोप छ । एमजी रोडमा रहेको होटल पार्कको पबमा चलिरहेको रेभ पार्टीमा बैंगलोर प्रहरीले छापा मारेको थियो । यस पार्टीमा सिद्धान्तलाई डीजे भनेर बोलाइएको थियो । पार्टीमा सिद्धान्तसहित ६ जनामा ​​लागूऔषध परीक्षण पोजेटिभ देखिएको छ । 

यस अघि सुशान्त सिंह राजपूत ड्रग्स केसमा नार्कोटिक्स कन्ट्रोल ब्यूरोको छानबिन सूचीमा श्रद्धा कपूर पनि परेकी थिइन् । तर, उनीविरुद्ध ठोस केही प्रमाणित हुन सकेन ।सिद्धान्त कपुर बलिउड अभिनेता शक्ति कपुरका छोरा हुन् । उनले १९९७ मा आएको फिल्म जुडवाबाट आफ्नो करियर सुरु गरेका थिए ।

सिद्धान्तले अग्ली, जज्बा, हसिना पारकर, पल्टन, हेलो चार्ली र चेहरे जस्ता फिल्ममा काम गरिसकेका छन् । हालै रिलिज भएको सिरिज भौकालमा पनि सिद्धान्त देखिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै