• २०८१ बैशाख १६ आइतबार

भारतमा सडक निर्माणमा नयाँ विश्व रेकर्ड !

kharibot

नितिन गडकरी/ट्वीटर

काठमाडौँ । भारतमा सडक निर्माणमा नयाँ रेकर्ड बनेको छ । भारतको राष्ट्रिय राजमार्ग प्राधिकरणले सडक निर्माणमा विश्व कीर्तिमान कायम गरेको हो । यो कीर्तिमान गिनिज वल्र्ड रेकर्डको सूचीमा पनि परेको छ ।

केन्द्रीय मन्त्री नितिन गडकरीले प्राधिकरणले १०५ घण्टा ३३ मिनेटमा ७५ किलोमिटर सिंगल लेन सडक बनाएको बताएका छन् । उनले राजपथ इन्फ्राकन प्राइभेट लिमिटेड र महाराष्ट्रको अमरावती र अकोला बीचको राष्ट्रिय राजमार्ग-५३ मा जगदीश कदमले जुन ३ र जुन ७ को बीच ७५ किलोमिटर लामो सडक तयार पारेका थिए ।

यो सडक निर्माण गर्न डामर/बिटुमिनस कंक्रीट प्रयोग गरिएको बताइएको छ । प्राधिकरणले यसो गरेर आफ्नै अघिल्लो रेकर्ड तोडेको छ ।

केन्द्रीय मन्त्री नितिन गडकरीले ट्वीट गर्दै भनेका छन्- यति लामो सडक बनाउन मात्र १०५ घण्टा ३३ मिनेट लाग्यो । यसका लागि एनएचएआईका ८०० कर्मचारी, ७२० मजदुर, धेरै सल्लाहकारले निरन्तर काम गरे । जून ३ गते बिहान ७.२७ बजे सुरु भएको यो सडकको काम जुन ७ गते बिहान ५ बजे सम्पन्न भएको थियो ।

यसअघि यो कीर्तिमान कतारको पीडब्लुडीको नाममा रहेको पनि उनले बताए । २७ फेब्रुअरी २०१९ मा, कतारले अल-खोर एक्सप्रेसवेको लागि सडक निर्माण गर्न १० दिन लगाएको थियो । अब भारतले मात्र ४ दिनमा त्यही लामो सडक बनाएको छ । यो सडकले कोलकाता, रायपुर, नागपुर, अकोला, धुले र सुरतको खनिज धनी क्षेत्रहरूलाई जोडने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै