• २०८१ बैशाख १५ शनिबार

काठमाडौँ र धरानका मेयरले माओवादीले जस्तै कुरा गरेर चुनाव जिते- प्रचण्ड

kharibot

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह र धरानका मेयर हर्क साम्पाङले माओवादीले जस्तो कुरा गरेर जितेको बताएका छन् ।

माओवादी केन्द्रको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै धरान र काठमाडौँका मेयरले माओवादी केन्द्रले पहिला गर्ने जस्तो कुरा गरेका कारण चुनाव जितेको बताएका हुन् ।

प्रचण्डले भने- 'हामीले पनि पहिला जनताको सेवा गर्ने, जनताका समस्या समधान गर्ने कुरा गर्थ्यौं, धारा, पानी फोहोर मैला व्यवस्थापन, शोषण, विभेद, अन्याय, अत्याचार सिध्याउँछौं भन्थ्यौँ, हामीले त्यसो गरेनौं । अहिले काठमाडौँ र धरानका मेयरले पनि जनताको सेवा गर्छु भनेर माओवादीले जस्तै कुरा गरेर चुनाव जिते ।'   

प्रचण्डले स्वतन्त्र उम्मेदवारले चुनाव जित्नु अपवादको रुपमा लिनुपर्ने बताउदै स्वतन्त्रले नै देश चलाउछन् भन्ने कुरा सम्भव नरहेको बताए । उनले दलहरुले राम्रो काम नगरेका कारणले जनताले केहि स्वतन्त्र उम्मेदवारले जितेको बताउदै अब जनताको सेवाभावले काम गर्नुपर्ने बताए । प्रचण्डले काठमाडौँ र धरानका मेयरको जित विशेष रहेको भन्दै उनीहरु दलको विकल्पको रुपमा भने नआएको दाबि गरे ।

प्रचण्डले स्थानीय तहमा माओवादी केन्द्रले दिने दुई दिने प्रशिक्षणको पहिलो दिन सम्बोधन गर्दै स्थानीय तहका जनप्रतिनिधि नै पार्टीको मुख्य अनुहार भएकाले पार्टीका कार्यक्रम जनताको बिचमा लैजान यो प्रशिक्षणले गाइड गर्ने स्पष्ट गरे । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय