• २०८३ श्रावण ८ शुक्रबार

बडीमालिकालाई पर्यटन प्रवद्र्धन गरिने

बडीमालिकालाई पर्यटन प्रवद्र्धन गरिने

बाजुरा । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको बडीमालिकाको पर्यटन प्रवद्र्धन गरिने भएको छ ।

सङ्घीय सरकारले आज प्रस्तुत गरेको बजेटमा बडीमालिकाको पर्यटन प्रवद्र्धन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । 

अर्थमन्त्री शर्माले संसद्मा प्रस्तुत गरेको बजेटमा बाजुराको बडीमालिकासहित सुदूरपश्चिमका सातवटा धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरिने बताएका छन् । 

मन्त्री शर्माले बैतडीका डिलाशैनी, निङ्लाशैनी, मेलौली, बाजुराको बडीमालिका, डडेल्धुराको उग्रतारा र त्रिपुरासुन्दरीलाई पर्यटकीय क्षेत्रका रूपमा प्रवद्र्धन गर्न बजेटको व्यवस्था गरेको संसद्मा बजेट वक्तव्य गरे। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै