• २०८१ बैशाख १५ शनिबार

काठमाडौँका २७ वडाको मत गणना सकियो, कुन दलले कति जिते ?

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिकामा अहिलेसम्म २७ वडाको मतगणना सकिएको छ भने पाँच वडाको मत गणना जारी रहेको छ ।

अहिले वडा नम्बर १३ (कालिमाटी), १४ (कालिमाटी), १५ (डल्लु), १६ (सोह्रखुट्टे) र १७ (क्षेत्रपाटी) को मत गणना भइरहेको छ ।

अहिलेसम्म १ लाख ६८ हजार ४८७ मतगणना सकिँएको छ भने अब महानगरपालिकामा २२ हजार ५६४ मत गणना गर्न बाँकी रहेको छ ।

काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार ५५ मत खसेको थियो । 

त्यस्तै प्राप्त नतिजा अनुसार नेपाली काँग्रेसले १६ वडामा जित हासिल गरेको छ भने एमालेले ११ वडामा जित हासिल गरेको छ ।

निर्वाचन आयोगका अनुसार काँग्रेसबाट वडा नम्बर ६ मा भुवन लामा, ७ मा विमल कुमार होडा, ८ मा आशामान संगत, ९ मा रामजी भण्डारी, १० रामकुमार केसी, ११ मा हिरालाल तन्डुकार, १२ मा बालकृष्ण महर्जन, १९ मा राजेश कुमार श्रेष्ठ, २० मा राजेन्द्र मानन्धर, २४ मा विनोद कुमार राजभण्डारी, २५ मा राजेश डंगोल, २६ मा ख्याम राज तिवारी, २७ मा योगेश कुमार खड्गी, २८ मा भाइराम खड्गी, २९ मा कुश ढकाल र ३० मा दल बहादुर कार्की रहेका छन् ।

त्यसैगरी नेकपा एमालेबाट वडा नम्बर १ मा भरतलाल श्रेष्ठ, २ मा राजेन्द्र कुमार श्रेष्ठ, ३ मा प्रेम थापा, ४ मा दिनेश महर्जन, ५ मा विरेन्द्र प्रजापति, १८ मा न्हुछे काजि महर्जन, २१ मा उदय चुडामणि बज्राचार्य, २२ मा चिनिकाजी महर्जन, २३ मा मचा राजा महर्जन, ३१ मा सरोज ढकाल र ३२ मा नवराज पराजुली रहेका छन् ।       

पछिल्लो अपडेट अनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५४ हजारभन्दा बढी मत प्राप्त गरेका छन् । 

निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार उनले ५४ हजार ७१८ मत प्राप्त गरिसकेका छन् । 

उनलाई पछ्याईरहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३४ हजार ६०८ मत प्राप्त गरेकी छन् । सिर्जनाले भन्दा बालेनले २० हजार ११० बढी मत प्राप्त गरेका छन् । 

काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका केशव स्थापितले हालसम्म ३३ हजार ९७५ मत प्राप्त गरेका छन् । यस्तै अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ९ हजार ९६३ मत ल्याएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै