• २०८१ बैशाख १५ शनिबार

अमेरिकामा हुने वर्ल्ड कप लिग-२ खेल्ने नेपाली क्रिकेट टिमको घोषणा

kharibot

फाइल तस्बीर

काठमाडौँ । नेपाल क्रिकेट  संघ (क्यान) ले आइसीसी वर्ल्ड कप लिग-२ खेल अन्तर्गत अमेरिकामा हुने त्रिकोणीय सिरिजका लागि १५ सदस्यीय टिमको घोषणा गरेको छ ।

क्यानले बुधबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेका छन् ।

जसमा आसिफ सेख, कुशल भुर्तेल, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, आरिफ सेख, बिनोद भण्डारी, सुनिल धमला, देव खनाल, आदील अन्सारी, करण केसी, सोमपाल कामी, बिक्रम सोब, किशोर महतो र सागर ढकाल रहेका छन् ।

नेपालले अमेरिका र ओमानसहितको त्रिकोणीय सिरिज आगामी जुन ८ देखि १५ सम्म खेल्ने तालिका रहेको छ । खेल अमेरिकाको टेक्सासको पियरल्याण्डस्थित मूसा स्टेडियममा हुने छ । 

नेपाल अहिले आइसीसी वर्ल्ड कप लिग-२ मा १२ खेलमा ६ खेल जितेर १२ अंकसहित छैटौ स्थानमा रहेको छ । ७ देश रहेको यस समुहमा शिर्ष ३ टिम २०२३ को विश्वकप क्वालिफायरमा छनौट हुने छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै