• २०८१ बैशाख १४ शुक्रबार

बालेन साहले पाएको मत दलप्रतिको आक्रोश हो- हरिबोल गजुरेल

kharibot

काठमाडौं  । माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले काठमाडौं महानगरका मेयरका उम्मेदवार बालेन साहले पाएको मत राजनीतिक दलप्रतिको आक्रोश रहेको बताएका छन् । 

प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९र८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले भने, ‘अहिले काठमाडौंको मतदाता प्रतिक्रिया छ, त्यो हामी, राजनीतिक दल र नेताप्रतिको आक्रोश हो ।’

काठमाडौं मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेनले राजनीतिक दलका उम्मेदवारभन्दा करिब दोब्बर मत ल्याएर अग्रता कायम राखिरहँदा गजुरेलले यस्ताे बताएका हुन् । 

नागरिकमा राजनीतिक दल र नेताप्रतिको आक्रोश बढेको विषय सोचनीय रहेको भन्दै उनले जनताको अपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिए । यसका लागि बजेट बनाउने विषयमा सोच्नुपर्ने उनको भनाइ छ । जनताको चासो र अपेक्षाअनुसार सरकारले काम गर्न नसक्दा संविधान नै खतरामा परेको उनको भनाइ छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै