काठमाडौँ । बुधबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ९ सयले घटेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ८ सयमा कारोबार भइरहेको छ । यस अघि गत मंगलबार सुन तोलामा ९६ हजार ७ सयमा कारोबार भएको थियो ।
त्यसैगरी आज तेजावी सुन तोलाको ९५ हजार ३ सयमा कारोबार भएको छ ।
त्यसैगरी आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।