• २०८१ बैशाख १६ आइतबार

घोराही उपमहानगरमा मेयरमा एमाले र उपमेयरमा काँग्रेसको अग्रता

kharibot

काठमाडौं ।  दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता हासिल गरिरहेको छ । 

पछिल्लो अपडेट अनुसार घोराहीमा ३३ हजार ६०० मत गणना हुदा नेकपा एमालेका मेयर पदका उम्मेदवार नरुलाल चौधरीले १३ हजार ९३१ मत प्राप्त गर्दै अग्रता हासिल गरेका छन् । 

उनलाई गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा पोखरेलले १२ हजार ६४ मत ल्याएर पछ्याएका छन् । 

त्यसैगरी उपमेयरमा भने नेपाली काँग्रेसका उम्मेदवार भूपबहादुर डाँगी क्षेत्रीले झिनो अग्रता लिएका छन् ।  क्षेत्रीले १३ हजार ५३४ मत पाएका छन् भने नेकपा एमालेकी हुमाकुमारी डिसीले १३ हजार ५२० मत पाएकी छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै