• २०८१ बैशाख १५ शनिबार

लाङटाङकाे मतपेटिका सदरमुकाम धुन्चे आइपुग्यो

kharibot

रसुवा । रसुवाको पर्यटकीय क्षेत्र लाङटाङबाट मतपेटिका सदरमुकाम धुन्चे आइपुगेको छ ।

स्थानीय तहको निर्वाचनको क्रममा शुक्रबार भएको मतदानको मतपेटिका पैदलमार्गबाट सदरमुकाम धुन्चे ल्याइएको हो । 

पहिले हेलिकप्टरबाट मतपत्र ढुवानी गर्ने तयारी गरिए पनि बाेकेरै मतपेटिका ढुवानी गर्न सर्कुलर भएअनुसार शनिबार मात्रै मतपेटिका आइपुगेकाे हाे ।  

लाङटाङको मतपेटिका ल्याइएसँगै गोसाईकुण्ड गाउँपालिकाको मतगणना तत्काल सुरु गर्ने मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए ।

अहिले सर्वदलीय बैठक बसिरहेको छ । बैठक सम्पन्न हुनासाथ मतगणना सुरु हुनेछ । सदरमुकामबाट सबै भन्दा टाढाको मतदान केन्द्र लाङटाङनै हो । 

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४, लाङटाङमा ८३.१९ प्रतिशत मत खसेको छ । यस वडामा तीन सय  सय ६३ मतदाता थिए ।

जसमा तीन सय सय दुई मत खसेको हो । यहाँ एक सय ६२ पुरुष र एक सय ४० महिलाले मतदान गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै